Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

तामाङ समुदायका बालबालिकाहरुमा लक्षित साँस्कृतिक सौन्दर्य प्रतियोगिता फेश अफ तामाङ किड्स २०२५ सम्पन्न भएको छ । दोस्रो संस्करणको सो प्रतियोगितामा केबिक तामाङ र सर्लिन तामाङले शीर्ष उपाधि जित्न सफल भएका छन् । शीर्ष उपाधि बाहेक केबिकले मास्टर ह्यान्डसम, ट्यालेन्ट र पब्लिक च्वाइसको अवार्ड पनि जितेका थिए भने सर्लिनले मिस ब्युटीफुल, वेष्ट स्माइल र ट्यालेन्टको उपाधि पनि जितेकी थिइन् । प्रतियोगितामा फुर्वा तामाङ भ्युअर च्वाइस र डिसिप्लीन सहित बालक तर्फ फस्ट रनर अप तथा सेलिन मोक्तान पब्लिक च्वाइस, भ्युअर च्वाइस, मिस कन्फिडेन्ट र मिस एक्टिभ सहित बालिका तर्फ फस्ट रनर अप विजेता बनेकी थिइन् । यसैगरी मास्टर पर्सनालिटी, फोटोजेनिक र कन्फिडेन्ट विधाको अवार्ड सहित दिप्सन तामाङ बालकतर्फ फस्ट रनर अप छानिएका थिए भने बालिका तर्फ सोनाम पाख्रिन डोल्मा लामा फोटोजेनिक, मिस क्युट र मिस डिसिप्लीन विधाको अवार्ड सहित बालिका तर्फ सेकेन्ड रनर अप उपाधि जितेका थिए ।

युथ क्रिएसन नेपालको आयोजनामा राजधानी शहरको सुकेधारा स्थित नवदुर्गा ब्याङ्क्वेटमा संचालन भएको सो प्रतियोगितामा विश्व दोङ, चाँदनी मोक्तान र आरम्भ तामाङ निर्णायकको भूमिकामा थिए । वरिष्ठ संगीतकार मिलन मोक्तानको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमका सहभागिहरुलाई एमबी गुरुङले नृत्य, संजीव पोङ्दिला च्याङ्बाले डम्फु तथा बिना लामाले तामाङ भाषा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रम संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी र उद्घोषणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय