Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

मिसेस् एण्ड मिस डिसएबिलिटी क्वीन नेपाल प्रतियोगिताको पाँचौं संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा फ्रेन्ड्ली विधाको अवार्ड सहित जनकपुरकी लक्ष्मी सापकोटा मिसेस् डिसएबिलिटी क्वीन नेपाल २०२५ छनौट भएकी छिन् भने करेजियस र स्माइल विधाको अवार्ड सहित वर्दियाकी यशोदा बोहरा मिस डिसएबिलिटी क्वीन नेपाल २०२५ चयन भएकी छिन् । प्रतियोगितामा पर्सनालिटी विधाको अवार्ड सहित धादिङकी गंगा पुरी फस्ट रनर अप तथा ट्यालेन्ट विधाको अवार्ड सहित भक्तपुरकी सुनयना कायस्थ सेकेन्ड रनर अप छनौट भएकी छिन् ।

शारारिक रुपले फरक रुपमा सक्षम विवाहित र अविवाहित महिला केन्दि«त सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा राजधानी शहरको धुम्बाराहीस्थित दियो महलमा संचालन भएको सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा मिसेस् हेरिटेज इन्टरनेसनल २०२४ का विजेता विभा बस्नेत, मेकअप आर्टिष्ट लक्ष्मी बस्नेत, मिस ईको इन्टरनेसनल नेपाल २०२५ संस्कृति भट्ट, हस्पिटालिटी कन्सल्टेन्ट दिवस योञ्जन निर्णायकका रुपमा रहेका थिए भने लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफका डिस्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारी प्रमुख निर्णायकका रुपमा रहेका थिए ।

ग्रीन आट्र्स मिडियाको आयोजना तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा १४ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको कोरियोग्राफी एवं निर्देशन फेसन कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय