Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

इन्दिरा घिमिरेले ‘मिसेस ग्लोवल नेपाल २०२५’ को उपाधि जित्न सफल भएकी छन्। राजधानी काठमाडौंको ज्यापु प्रज्ञा एकेडेमीमा आयोजित फाइनल कार्यक्रममा उनले निर्णायक मण्डलका प्रश्नको स्पष्ट र प्रभावशाली उत्तर दिँदै ताज जितेकी हुन्। उपाधिसँगै उनलाई ‘NFEA London 2026’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका रूपमा इन्ट्री प्याकेज पनि प्रदान गरिएको छ। प्रतियोगितामा सन्ध्या नेपाल पहिलो उपविजेता (फर्स्ट रनर अप) बन्न सफल भइन् भने सृजना घिमिरे शिवाकोटी दोस्रो उपविजेता (सेकेन्ड रनर अप) घोषित भइन्। हिमालयन मुभिजको आयोजना र व्यवस्थापनमा सम्पन्न यो प्रतियोगिता मिसेस ग्लोवल श्रृंखलाको आठौं संस्करण हो। प्रतियोगिता आकर्षक उद्घाटन नृत्यबाट आरम्भ भई विविध चरणहरू—जसमा वेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ र अन्तिम ताज वितरण—मार्फत सम्पन्न भएको थियो। कार्यक्रमको कोरियोग्राफी हिमानी सुब्बाले निर्देशन गरेकी थिइन्।

कार्यक्रममा इन्दिरा घिमिरे ‘मोस्ट एट्राक्टिभ’ घोषित भइन् भने आशा घर्ती क्षेत्री ‘मोस्ट डाइनामिक’, लक्ष्मी खड्का राई ‘मोस्ट स्मार्ट’ र कल्याणी देवी थापा ‘मोस्ट चार्मिङ’ को रूपमा सम्मानित भए। त्यस्तै सृजना घिमिरे शिवाकोटीले ‘मोस्ट कन्फिडेन्ट’ अवार्ड हात पारिन् भने दिया बर्देबा ‘मोस्ट प्यासोनेट’, रीता चौधरी ‘मोस्ट याक्टिभ’, उमाकुमारी तामाङ ‘मोस्ट डिसेन्ट’, र मिना श्रेष्ठ ‘बेस्ट पर्सनालिटी’ घोषित भए। साथै, सन्ध्या नेपालले ‘बेस्ट ट्यालेन्ट’ तथा ‘बेस्ट मल्टिमिडिया’ दुवै उपाधि जितिन्। तारा तण्डुकार ‘बेस्ट फोटोजेनिक’ र ‘मोस्ट पपुलर’ अवार्ड जित्न सफल भइन् भने कविता अधिकारी ‘मोस्ट डिलाइटफुल’, बिमला अधिकारी ‘मोस्ट डिलिजेन्ट’, मञ्जु राई ‘मोस्ट डेडिकेटेड’ र रीता चौधरीले ‘पब्लिक च्वाइस भिडियो’ तथा ‘बेस्ट ड्रेस’ अवार्ड हात पारिन्।

प्रतियोगिताको मूल्याङ्कनको जिम्मेवारी अनुभवी तथा विविध पृष्ठभूमिका व्यक्तित्वहरूले सम्हालेका थिए। निर्णायक मण्डलमा अभिनेता तथा इभेन्ट योजनाकार एसराज गराच, अभिनेता तथा निर्देशक मनिष राउत, फेसन डिजाइनर तथा क्यापिटल क्विन नेपाल २०२५ करुणा भुजेल, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ, र सौन्दर्यविद् युनिषा शाहीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय