Monday 19 October 2026 / मंगलवार, ४ कार्तिक २०८३

बाँके, बाँकेको भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ । त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्याङ्क अस्पताल परिसरमा ल्याएको छ । सो ट्याङ्क भारतको जमसेदपुरबाट मगाएको हो । कोरोना कहरका बीच कोहलपुर मेडिकल कलेजमा दुई ट्याङ्कर लिक्विड अक्सिजन आइसकेको छ ।

अस्पतालकाअनुसार ‘स्टोरेज ट्याङक’मा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ । त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनमार्फत बेड–बेडमा सप्लाई गरिन्छ । ट्याङ्क जडानका लागि फाउन्डेसन तयार थियो । सरकारले भेरीलाई अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क र पाइपलाइन विस्तारका लागि रु १५ करोड विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको हो । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले अक्सिजन प्लान्ट तयार भएर पाइपलाइनबाट बेडबेडसम्म अक्सिजन दिन सकिने भएसँगै अस्पतालमा अक्सिजनको अभाव नरहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय