Thursday 9 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, पल शाह स्टारर नेपाली फिल्म *‘मोहर’*ले बक्सअफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ। प्रदर्शनको छैटौं दिन बुधबार रातीसम्म फिल्मको कुल ग्रस कलेक्सन २ करोड १० लाख ७० हजार रुपैयाँ पुगेको छ। फिल्मले प्रदर्शनको पहिलो ३ दिनमै १ करोड १ लाख रुपैयाँ कमाएको थियो। सकारात्मक word of mouth का कारण दोस्रो सप्ताहन्तमा पनि कमाइ बढ्ने अनुमान गरिएको छ।

बजेट: १ करोड ८६ लाख रुपैयाँ
लगानी उठाउन हलबाट मात्र करिब ४ करोड कमाउनुपर्नेछ, तर अन्य revenue windows बाट फिल्मले लगानी सुरक्षित गरिसकेको जनाइएको छ।

विहिबारदेखि प्रदर्शनमा आएका भारतीय फिल्म ‘कुली’ र ‘वार २’का कारण नेपाली फिल्मका शोमा कमी आएको छ। ‘मोहर’ले बिहीबार १३१ शो पाएको छ भने अर्को नेपाली फिल्म ‘सिटामोल’ले ३९ शो पाएको छ।‘वार २’को कमजोर प्रतिक्रिया आउँदा यसको फाइदा ‘मोहर’ले आगामी दिनमा लिन सक्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय