Thursday 27 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौँ, अष्ट्रेलियाको नर्दर्न टेरिटरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज (सोमबार) तेस्रो खेल मेलबर्न स्टार्सविरुद्ध खेल्दैछ। खेल डार्विनस्थित TIO स्टेडियममा बिहान ७:१५ बजे (नेपाली समय) सुरु हुनेछ। नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने बिग ब्यास लिगका खेलाडी साम हार्परको कप्तानीमा मेलबर्न स्टार्स मैदानमा उत्रिनेछ।

नेपालले अहिलेसम्म सिरिजमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको थियो। त्यस्तै, मेलबर्न स्टार्सले एक खेल जितेको र एक खेल गुमाएको छ। उनीहरू पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भए पनि दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थिए।

नेपाललाई सिरिजमा प्रतिस्पर्धी बनेर टिक्न आजको खेलमा जित आवश्यक छ भने मेलबर्न स्टार्सले शीर्ष स्थानमा उक्लन नेपाललाई हराउनुपर्नेछ।

नेपाली टोलीमा रहेका खेलाडीहरू:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, अरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र सहाब आलम।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय