इस्लामाबाद, पाकिस्तानमा गएको वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ७०६ पुगेको छ भने ९६५ जना घाइते भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले जनाएको छ।
एनडीएमएका अनुसार बाढी र वर्षाबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र खैबर पख्तुनख्वा प्रान्त हो, जहाँ मात्र ४२७ जनाको मृत्यु भएको छ। त्यसपछि पञ्जाबमा १६४, सिन्धमा २९, बलुचिस्तानमा २२, पाकिस्तानी अधिनस्थ कश्मीर (POK) मा ५६ र इस्लामाबाद क्षेत्रमा ८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
राहत र उद्धार कार्यका लागि पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा अपरेशन तीव्र पारेको जनाएको छ।


