Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

धरान, भारतीय सुन्दरी मनिका विश्वकर्माले ‘मिस युनिभर्स इन्डिया २०२५’ को उपाधि जितेकी छन् । अब उनी थाइल्यान्डमा आउँदो नोभेम्बरमा हुने ७४औँ मिस युनिभर्स प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् ।राजस्थानको जयपुरमा गत अगष्ट १८ मा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । अघिल्लो वर्षकी विजेता रिया सिंहले उनलाई ताज पहिराइदिएकी थिइन् ।

विजयपछि मनिकाले भनिन्, “गाउँमा बसोस् या शहरमा, सपना साकार पार्न मिहिनेत र आत्मविश्वास भए दुनियाँ पनि जित्न सकिन्छ ।”राजस्थानको श्रीगंगानगरमा जन्मिएकी मनिका हाल दिल्ली विश्वविद्यालयमा राजनीति विज्ञान र अर्थशास्त्र विषय अध्ययनरत छिन् । उनी शास्त्रीय नृत्य र चित्रकलामा निपुण हुनुका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी छन् ।

‘न्युरोन भा’ नामक संस्था स्थापना गरेर उनले नशा प्रभावित रोगीलाई सहयोग र आत्मबल अभिवृद्धि गर्ने कार्य गर्दै आएकी छन् । साथै, उनले ललितकलामा सम्मान पाइसकेकी छन् भने भारतको विदेश मन्त्रालयको तर्फबाट बिम्स्टेक सम्मेलनमा समेत प्रतिनिधित्व गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय