Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

अन्तर्राष्ट्रिय सहभागिताको अर्को गौरवशाली अध्याय थप्दै नेपालका प्रतिभावान बालबालिका र युवाहरूले गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो तथा भिआईपी फेशन वीक मा आफ्नो उपस्थिती जनाउन तयारी थालेका छन्। टर्कीको एन्टाल्यामा हुने यो प्रतिष्ठित प्रतियोगिता र फेशन वीकमा नेपाललाई आधिकारिक रूपमा एसजीए फेशन प्रा. लि. ले प्रतिनिधित्व गर्दैछ, जसको नेतृत्व इभेन्ट डाइरेक्टर श्री रमेश जंग शाही, कोरियोग्राफर श्री रोजिन शाक्य र नेशनल डाइरेक्टर श्रीमती प्रमिला सिलवालले गर्नुभएको छ। उहाँहरूको मार्गदर्शनमा नेपाली बालबालिका र युवाहरूले आफ्नो कला, सिर्जनशीलता र प्रतिभा विश्वसामु गर्वका साथ प्रस्तुत गर्नेछन्। यस सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिभा र फेशनको क्षेत्रमा मात्र होइन, विश्वस्तरमा नेपाली युवाहरूलाई चम्किन सक्ने नयाँ अवसरको ढोका समेत खोल्नेछ।

राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने प्रतियोगीहरूमा गोकुल पोखरेल, राजन बराइली, परिष्णा क्षेत्री, प्रमिशा तामाङ, पुष्पाञ्जली भट्टराई, मनोग्य शर्मा, रुकेश गिरी, आशु ढकाल, प्रियांशु न्यौपाने, प्रीति परियार, नम्रता मैनाली, समीप न्यौपाने, विज-इ-वन, अर्पणा घतानि, सोफिया विष्ट, सुस्मिता नेपाली, विवेक दनुवार, नमुना शाही, रितु सुनार, आचल तामाङ, रोबिया आचार्य, श्रेया रौनियार, कल्पना महतो, अर्नव लकन्दरी र कुसुम भण्डारी रहेका छन्। यीमध्ये उत्कृष्ट छानिएका प्रतियोगीहरूले नेपाललाई प्रतिनिधित्व गर्दै गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो तथा भिआईपी फेशन वीकको छैटौं संस्करणमा भाग लिनेछन्, जुन कार्यक्रम आगामी २०२५ अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा आयोजना हुनेछ।

गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो विश्वभरका बालबालिका र युवाहरूलाई एकै मञ्चमा ल्याउने प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम हो, जसले गायन, नृत्य, अभिनय, मोडलिङ्देखि वाद्यवादनसम्मका प्रतिभाहरूलाई प्रस्तुत गर्ने अवसर दिन्छ। यो केवल मोडलिङ्मा मात्र केन्द्रित नभई विविधतापूर्ण प्रतिभा, आत्मविश्वास र कलात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने मञ्च हो। यसैसँगै, यस संस्करणमा विशेष आकर्षणको रूपमा भिआईपी फेशन वीक पनि हुनेछ, जहाँ अन्तर्राष्ट्रिय स्तरका डिजाईनर र उदाउँदा मोडलहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै संस्कृतिको विविधता र फेशनलाई विश्वव्यापी उजागर गर्नेछन्।
नेपालमा यस कार्यक्रमको संस्करणलाई वास्तविक सिर्जनशीलता विकास गर्ने र बालबालिका तथा युवाहरूलाई कलाको सही मूल्य आत्मसात् गर्न प्रेरित गर्ने दृष्टिकोणले तयार गरिएको हो। यसमा जिनो पे (Zeeno Pay) मार्फत हुने सार्वजनिक मतदान र न्यायाधीशहरूको मूल्याङ्कनलाई संयोजन गरेर उत्कृष्ट प्रतिभा छनौट गरिनेछ। यस यात्राको प्रारम्भ २०८२ भदौ १४ गते हुने पहिलो राष्ट्रिय ट्यालेन्ट शोबाट हुनेछ, जसले नेपाली प्रतिभाहरूलाई विश्वका प्रतिष्ठित मञ्चहरूमध्ये एकमा अभूतपूर्व उपस्थितिको सुरुवात गराउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय