Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, असोज १३ गते रिलिज हुने तयारीमा रहेको फिल्म *‘माइतीघर’को प्रचार–प्रसार सुरु भइसकेको छ। निर्माण पक्षले फिल्मको शीर्ष गीत *‘वसन्त नै बस्न खोज्छ’**को छायाङ्कन सम्पन्न गरेको जनाएको छ।निर्माता रोहित अधिकारीका अनुसार गीत खिच्न ११ दिन लागेको र करिब ५० लाख रुपैयाँ खर्च भएको हो। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् भने जम्बो कोरस टोलीको सहभागिता पनि रहेको छ।

गीत आउँदो साताभित्र सार्वजनिक गर्ने तयारी छ। साथै, यस गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर पठाउनेमध्ये उत्कृष्टलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ। गीतमा भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ।मिलन तामाङ निर्देशित फिल्ममा उपासना र श्यामाश्रीसँगै केदारप्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापा लगायतका कलाकारको अभिनय छ।

फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको छ। छायांकन सुशन प्रजापति, सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्। फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय