Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

कोशी प्रदेशको बेलबारीमा जन्मिएकी प्रतिभाशाली सुन्दरी गरिमा गुरुङले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने भएकी छिन् । उनी नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउने महान उद्देश्यका साथ आगामी आइतबार इन्डोनेसियाको बालीतर्फ प्रस्थान गर्ने भएकी छिन्। मिस वर्ल्ड टुरिजम २०२५ इन्डोनेसियाको बाली शहरमा आगामी अगष्ट २५ देखि २९ तारिख सम्म संचालन हुँदैछ । यस अघि आर.के इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२५ मा गरिमाले मिस एक्टिभ विधाको अवार्ड सहित मिस ग्राण्ड टुरिजम नेपाल २०२५ को ताज पहिरिएकी हुन् ।
यसैको उपज गरिमाले मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । सो प्रतियोगितामा सहभागिताका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमूखीकीकरण र प्रशिक्षण फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् । गरिमाले विगत केही वर्षदेखि मोडलिङ र सामाजिक अभियन्ता गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। विशेष गरी युवालाई पर्यटनप्रति आकर्षित गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्ने दिशामा उनले निरन्तर काम गर्दै आएकी छिन्। उनले नेपालको हिमाल, पहाड र तराईका भौगोलिक विविधता, धार्मिक तथा ऐतिहासिक स्थलहरू, जातजातिको कला–संस्कृति र नेपालीहरूको आत्मीय अतिथि सत्कारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय