गुरुङ समुदायको समृद्ध मौलिक साँस्कृतिक परिवेशमा रहेर सहभागिको व्यक्तित्व, आत्मविश्वास, बौद्धिकताको प्रभावकारिकतामा केन्दि«त जातिय साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा संचालन हुँदै आएको मिस एण्ड मिसेस् गुरुङ प्रतियोगिताको चौथौं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा मिसेस् तर्फ माया गुरुङले पर्सनालिटी विधाको अवार्ड सहित शीर्ष उपाधि मिसेस् गुरुङ २०२५ को ताज पहिरन सफल भइन् । यसैगरी माया देवी गुरुङ सिनसियर अवार्ड सहित फस्ट रनर फस्ट अप, इन्टेलिजेन्ट अवार्ड सहित गंगा गुरुङ सेकेन्ड रनर अप, लिडरशीप अवार्ड सहित पुर्णिमा गुरुङ थर्ड रनर अप तथा फ्रेन्डशीप अवार्ड सहित मुना घले फोर्थ रनर अप छानिएका थिए । मिसेस् तर्फ मिना गुरुङ ट्यालेन्ट अवार्डका हकदार बनेका थिए भने मेलिना गुरुङ फोटोजेनिक, ब्युटीफुल तथा अर्गनाइजर च्वाइसमा विजेता चयन भएका थिए । यसैगरी जिनोपे भोटिङ एपमार्फत् गरिएको अनलाइन भोटिङ अन्तर्गत मुनाले घले पब्लिक च्वाइस विधाका विजेता चयन भइन् भने यसै विधामा नन्दा गुरुङ फस्ट रनर अप तथा कुमारी घले भ्युअर च्वाइस विधामा विजेता छानिएका थिइन् ।

सामाजिक अभियन्ता, महिला उद्यमी तथा राजनीतिकर्मी समेतको परिचय बनाएका शान्ता कुमारी तामाङको आयोजनामा एस.के इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानर अन्तर्गत संचालन भएको यो प्रतियोगिता राजधानी शहरको प्रदर्शनी मार्गस्थित पुलिस क्लबको द ब्लु पेभेलियनमा सम्पन्न भएको थियो । पूर्व मन्त्री समेत रहिसकेका नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला के.सी. र नेपाल प्रहरीका एआईजी चन्द« कुवेर खापुङको विशेष आतिथ्यता रहेको थियो । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको सो प्रतियोगितामा गायक आनन्द कार्की, गायिका मेनुका राई , नेपाल प्रहरीका पूर्व डिआईजी देउती गुरुङ, अभिनेता सरोज खनाल तथा जुम्बा प्रशिक्षक एवं डान्स कोरियोग्राफर केशव थापा निर्णायकको भूमिकाका रहेका थिए ।

प्रतियोगितामा मिस तर्फ सुप्रिया गुरुङले पर्सनालिटी विधाको अवार्ड सहित मिस गुरुङ २०२५ को शीर्ष उपाधि विजेताका ताज पहिरिन सफल भएकी थिइन् । मिस तर्फ चार्मिङ र ट्यालेन्ट अवार्ड सहित अनिता गुरुङ फस्ट रनर अप तथा ब्युटीफुल अवार्ड सहित ईशा गुरुङ सेकेन्ड रनर अप चयन भएका थिए । मिस तर्फ सुमा गुरुङ फोटोजेनिक विधामा विजेता चयन भएकी थिइन् । जिनोपे भोटिङ एपमार्फत् गरिएको अनलाइन भोटिङ अन्तर्गत फुलमाया गुरुङ पब्लिक च्वाइस विधामा विजेता चयन भएकी थिइन् भने अनिता गुरुङ पब्लिक च्वाइस विधामा फस्ट रनर अप छानिएकी थिइन् । प्रतियोगितामा मिस तर्फ सुनिला गुरुङ भ्युअर च्वाइस र हिमाली गुरुङ अर्गनाइजर च्वाइस अवार्डका विजेता बनेका थिए ।


