Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

सिल्भर स्टार इन्टरटेन्मेन्टको आयोजनामा टिन सुन्दरीहरुमा लक्षित फेश अफ टिन २०२५ तथा मोडलिङ क्षेत्रमा आफूलाई अगाडि लैजान इच्छुक युवा युवतीहरुमा लक्षित नेपाल्स सुपर मोडल २०२५ को फाइनल प्रतिस्र्धा सम्पन्न भएको छ । दुवै विधाको प्रतियोगितालाई एक साथ जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको थियो ।

फेश अफ टीन २०२५ मा खुशी कटवालले शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् भने जान्वी भण्डारीले फस्ट रनर अप तथा प्रवृति सुब्बाले सेकेन्ड रनर अप र रोहिना महर्जनले थर्ड रनर अपको उपाधि जित्न सफल भए । फेश अफ टीन अन्तर्गत ओबियल राणा पपुलर, उदेश्ना दाहाल पब्लिक च्वाइस तथा सरहाना खत्री अर्गनाइजर च्वाइस विधामा विजेता चयन भएका थिए ।

नेपाल्स सुपर मोडल २०२५ अन्तर्गत भने निदान शाक्य र प्रिया चन्दले विजेताको ट्रफी उचाल्न सफल भएका थिए । यसैगरी तिलक खत्री र ज्यास्मिन पौडल फस्ट रनर अप विजेता चयन भएका थिए । प्रतियोगितामा पाल्साङ लामा र सान्वी बलामीले मोस्ट पपुलर, श्रवण महरा र सान्वी बलामीले अर्गनाइजर च्वाइस तथा स्यारोन कटवालले पब्लिक च्वाइस विधाको अवार्ड प्राप्त गरेका थिए ।

सिल्भर स्टार इन्टरमेन्टका लागि सनिश शाक्य आयोजक तथा कोरियोग्राफरको भूमिका रहेको सो कार्यक्रमको संचालन भने फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय