Sunday 5 October 2025 / आईतवार, १९ आश्विन २०८२

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटको पराजय बेहोरेको छ ।बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । साउथ अस्ट्रेलियाका लागि विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई तथा म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय