Thursday 21 May 2026 / बिहीबार, ७ जेष्ठ २०८३

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बजारमा सुकेको प्याजको मूल्य घटेको छ।बिहीबार कालीमाटीमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३९ देखि ४१ रुपैयाँ रह्यो। गत बिहीबार प्रतिकिलो ४२ देखि ४४ रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा एक सातामा प्याज प्रतिकिलो करिब तीन रुपैयाँले सस्तो भएको हो।

हाल बजारमा स्वदेशी प्याज नगन्य मात्रामा मात्र उपलब्ध छ भने माग भारतीय प्याजले धानेको छ। भारतीय बजारमा मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिने व्यवसायीहरूको भनाइ छ।

व्यवसायीका अनुसार अन्य तरकारीको तुलनामा प्याजको मूल्यमा धेरै उतारचढाव नहुने प्रवृत्ति देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय