Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौँ, आगामी दसैंमा प्रदर्शन तयारीमा रहेको फिल्म माइतीघर को शीर्ष गीत सार्वजनिक गरिएको छ। रोहित अधिकारी फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको फिल्मको बसन्त नै बस्न खोज्छ यहाँ लोलाएरु बोलको गीत बिहीबार ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको हो। यस गीतमा भारतीय गायिका संजीवनीको स्वर, किरण खरेलको शब्द र स्व. जयदेवको संगीत रहेको छ। यो गीतको मूल संस्करणमा गायिका आशा भोस्लेको स्वर रहेको थियो। पुरानो नेपाली फिल्म माइतीघर को चर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनकी टिमले नयाँ भर्सनमा बजारमा ल्याएका हुन्।

गीतको भिडियोमा अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडिओ छायांकन र लोकेशन चयनका कारण दर्शकलाई आकर्षित गर्ने देखिन्छ। फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले यस गीतसँग सम्बन्धित भिडियो प्रतियोगिता पनि घोषणा गरेका छन्। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउन सक्ने सहभागीमध्ये उत्कृष्टलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। फिल्म असोज १३ गते (दसैं फूलपातीको दिन)देखि देशभर प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय