Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘जेरीः अन टप’ को टिजरले युट्युबमा जबरजस्त चर्चा पाएको छ। गत मंगलबार रिलिज गरिएको टिजरले शुक्रबार दिउँसोसम्म १५ लाख हाराहारी भ्युज पाएको हो। फिल्मको टिजर नेपालसहित अस्ट्रेलिया, हङकङ, जापान, कुवेत, मलेसिया, माल्टा, पोर्चुगल, कतार, रोमानिया लगायतका देशका मुभिज ट्रेन्डिङ चार्ट मा परेको छ। नेपालमा भने यो ट्रेन्डिङ मुभिज ट्रेलर्स मा शीर्ष स्थानमा पुगेको छ।

टिजरले राम्ररी रुचाइएपछि अनमोलले सामाजिक सञ्जालमार्फत दर्शकलाई धन्यवाद दिँदै खुसी साटेका छन्। सुयोग गुरूङ निर्देशित फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरूङ, भुवन केसी, माग्ने बुढा, उषा खड्गी लगायतको अभिनय रहेको छ। ‘जेरीः अन टप’ मा सगरमाथा आरोहण र यात्राको क्रममा दोहोरिने प्रेमकथालाई प्रस्तुत गरिएको छ। हिमाली दृश्य र कलाकारहरूको अभिनयले दर्शकमाझ थप उत्साह जगाएको छ।

फिल्म अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको हो। प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् भने निर्माता भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने रहेका छन्। कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा विश्वास तिमल्सिनाले तयार पारेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय