Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

लाहोर, पाकिस्तानको पञ्जाब प्रान्तमा आएको बाढीबाट करिब १४ लाख मानिस प्रभावित भएका छन्। रवि, चेनाब र सतलज नदीमा पानीको बहाव बढेपछि ठूलो संख्यामा बस्ती डुबानमा परेका हुन्। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले भारततर्फबाट आउने वर्षा र पानीका कारण अझै अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ। लाहोरका धेरै क्षेत्र डुबानमा परेका छन् भने प्रभावितलाई सुरक्षित स्थानमा सारिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। पञ्जाब प्रहरीले हालसम्म ६२ हजारभन्दा बढी मानिस र ५० हजारभन्दा बढी पशुलाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ। चेनाब र रवि नदीमा अझै बाढीको चेतावनी जारी छ।

प्रान्तका विभिन्न क्षेत्रमा बाढीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। बाढी प्रभावित क्षेत्रमा सार्वजनिक तथा निजी शैक्षिक संस्थाहरू बन्द गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय