Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौँ, प्रभु केबुलकार एन्ड टुरिजम लिमिटेडले आगामी प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि केयर रेटिंग्स नेपालसँग क्रेडिट रेटिङ सम्झौता गरेको छ। सम्झौतामा प्रभु केबुलकारका वरिष्ठ महाप्रबन्धक सन्दीप दाहाल र केयर रेटिंग्सका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।कम्पनीले करिब दुई महिनाभित्र क्रेडिट रेटिङ प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ।

प्रभु केबुलकारकै लगानीमा सिद्धार्थ केबुलकार परियोजना (पाल्पा–नुवाकोटगढी मार्ग) भदौ २०८१ देखि व्यावसायिक सञ्चालनमा आइसकेको छ। साथै, कम्पनीले बाजुराको बडिमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा समेत नयाँ केबुलकार निर्माण गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले हालसम्म ऋणमुक्त रहँदै निरन्तर नाफामा कारोबार गर्दै आएको र आइपिओबाट उठ्ने सम्पूर्ण रकम इच्छाकामना र बडिमालिका केबुलकार निर्माणमा खर्च गरिने जनाएको छ।

आइपिओको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय