Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

ललितपुर, निर्देशक दिनेश राउतले आफ्नो नयाँ रोमान्टिक फिल्म ‘कुमारी’ को छायांकन मंगलबारदेखि पाटनको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै सुरु गरेका छन्। ३५ दिनभित्र छायांकन सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्का मुख्य भूमिकामा छन्। आकृतिले यसअघि जलाकी बाट फिल्म डेब्यू गरेकी थिइन् भने यो उनको दोस्रो फिल्म हो। अभिषेक भने यसैबाट फिल्म क्षेत्रमा डेब्यू गर्दैछन्। फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा र भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने पटकथा विकास सुवेदीले लेखेका हुन्। सुसन प्रजापति छायांकन निर्देशक, केदार भुसाल कार्यकारी निर्माता, आशिका शर्मा प्रोडक्सन डिजाइनर र दिनेश बहादुर रावत मुख्य सहायक निर्देशक रहेका छन्।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित फिल्म निर्देशन गरिसकेका राउत पछिल्ला वर्षमा ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा केन्द्रित फिल्ममा व्यस्त थिए। ‘क्लासिक’पछि उनले फेरि प्रेमकथामा फर्किएको फिल्म ‘कुमारी’ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय