Sunday 5 October 2025 / आईतवार, १९ आश्विन २०८२

काठमाडौँ, अस्ट्रेलियाको नर्दन टेरिटोरीमा सम्पन्न टप एन्ड टी–२० कप र साउथ अस्ट्रेलियासँगको अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए। सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अस्ट्रेलियामा गएर विभिन्न टिमसँग खेल्ने अनुभव लाभदायक भएको बताए। उनले खेलाडीहरूले मुख्य प्रतियोगिताअघि आवश्यक अनुभव लिन पाएको र अझै केही सुधार गर्नुपर्ने बताएका छन्।

टप एन्ड टी–२० कपमा नेपाल ११ टिममध्ये आठौँ स्थानमा रह्यो। प्रतियोगितापछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई टी–२० अभ्यास खेल खेलेको थियो। यस्तै साउथ अस्ट्रेलियासँगको टी–२० मा पराजित भए पनि एक दिवसीय अभ्यास खेलमा भने नेपालले जित हासिल गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय