Thursday 21 May 2026 / बिहीबार, ७ जेष्ठ २०८३

तेस्रो संस्करण फेशनफेयर अवार्ड्स २०२४ फेशन, ग्ल्यामर, पेजेन्ट्री र कला क्षेत्रमा उत्कृष्टता सम्मान गर्ने प्रमुख मञ्चका रूपमा यसपालि पनि सम्पन्न भएको छ। यस संस्करणमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

पेजेन्ट्री नेतृत्वमा योगदान पुर्‍याउँदै आएका सुबर्ण क्षेत्रीलाई प्रोमिनेन्ट नेशनल डाइरेक्टर अवार्ड दिइयो भने अनिला श्रेष्ठलाई पेजेन्ट्री र सामाजिक क्षेत्रमा गरेको कार्यका लागि एम्पावरिङ्ग वुमन अफ द इयर अवार्ड प्रदान गरियो। चर्चित कवि तथा उपन्यासकार उषा शेरचनलाई लिङ्ग, पहिचान र सामाजिक न्यायमाथि केन्द्रित साहित्यिक योगदानको कदर गर्दै भ्वाइस अफ एम्पावरमेन्ट अवार्ड (लिटरेचर एण्ड आइडेन्टिटी) दिइयो। साथै, द मल्ला होटललाई गुणस्तरीय आतिथ्य सेवामा निरन्तर योगदानको कदर गर्दै एक्सिलेन्स इन हस्पिटालिटी अवार्ड प्रदान गरियो।

पलेशा गोवर्धन, नेपालकी पारालिम्पिक पदक विजेता,लाई खेल क्षेत्रमा पुर्‍याएको योगदान र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएको उपलब्धिका लागि एक्सिलेन्स इन पारा तायक्वान्डो अवार्ड (प्राइड अफ नेपाल) प्रदान गरियो।

प्रदीप राज वन्त, राष्ट्रिय समाचार समिति (RSS)का वरिष्ठ फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार मंचका अध्यक्ष,लाई आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड (फोटो जर्नलिज्म) दिइयो। पेजेन्ट्री र ग्रुमिङ्ग क्षेत्रमा दशकौँदेखि योगदान दिँदै आएकी रचना गुरुङ शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड (ग्रुमिङ्ग एण्ड स्टाइलिङ्ग) प्रदान गरियो।

सौन्दर्य र फेसन क्षेत्रमा लामो योगदान पुर्‍याएकी स्नेह रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड (मेकअप) प्रदान गरियो। नेपालकै ख्यातिप्राप्त डिजाइनर शिवाङ्गी प्रधानलाई नेपाली फेसनको आधुनिक पहिचान निर्माणमा गरेको योगदानको कदर गर्दै लाइफटाइम कन्ट्रिब्युसन टु नेपाली फेसन अवार्ड दिइयो।

डिजिटल फेसन क्षेत्रमा सक्रिय ईभा गिरीलाई फेसन कन्टेन्ट क्रिएटर अवार्ड प्रदान गरियो भने चर्चित मोडल तथा कलाकार अनुप बिक्रम शाहीलाई फेसन आइकन अफ द इयरको उपाधि दिइयो।

समावेशिताको सन्देश फैलाउँदै पराक्रम राणालाई निडर आवाज र LGBTQIA+ अधिकारप्रति अग्रसर भूमिकाका लागि LGBTQIA+ चेंजमेकर अवार्ड प्रदान गरियो। अमेरिकास्थित मिस नेपाल नर्थ अमेरिका अर्गनाइजेशन–USAलाई अन्तर्राष्ट्रिय पेजेन्ट आयोजनामा उत्कृष्टताको प्रतिबद्धताका लागि ग्लोबल इभेन्ट एक्सिलेन्स अवार्ड दिइयो। नेपालकै पहिलो ट्रान्सजेन्डर फाइनलिस्ट एञ्जल लामालाई ट्रेलब्लेजर इन इन्क्लुसिभ पेजेन्ट्री एण्ड एड्भोकेसी अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रमको एक महत्वपूर्ण आकर्षणका रूपमा बेलायतकी संयुक्ता श्रेष्ठलाई ग्लोबल सस्टेनेबल फेसन लिडरशिप अवार्ड प्रदान गरिएको थियो। नैतिक विलासिता र दिगोपनाको अग्रणी व्यक्तित्वका रूपमा संयुक्ताले वातावरणमैत्री सामग्री र सामाजिक सशक्तिकरणलाई प्राथमिकता दिने डिजाइन अभ्यासमार्फत ब्राइडल वेयरलाई पुनर्परिभाषित गर्दै दिगो फेसनको विश्वस्तरको मापदण्ड स्थापित गरेकी छिन्। अर्नव बानलाई समकालीन संगीत क्षेत्रमा देखाएको प्रतिभा र प्रेरणादायी यात्राका लागि यङ म्युजिक स्टार अवार्ड प्रदान गरियो। हकीम गुरुङलाई नेपालमा नेपहप आन्दोलनको अगुवाइ र युवाको पहिचानमा पुर्‍याएको सांगीतिक योगदानका लागि पायोनियर अफ नेपहप मूभमेन्ट अवार्ड प्रदान गरियो। त्यस्तै, अन्तर्राष्ट्रिय स्तरमा होस्टिङमार्फत नेपालको नाम चिनाउन सफल भएकी दिपमाला केडीलाई राइजिङ इन्टरनेशनल ट्यालेन्ट अवार्ड (एम्सीइङ्ग एण्ड होस्टिङ्ग) दिइयो।

ड्रिम सर्च एजेन्सीद्वारा आयोजना गरिएको यो कार्यक्रम एपिसेन्टर एजुकेशन कन्सल्टेन्ट्सको शक्तिवर्द्धनमा सम्पन्न भएको हो। साथै एभेन्टोज, स्पार्क एडभर्टाइजिङ, मनकामना एचिङ, द मल्ला होटल (हस्पिटालिटी पार्टनर), र माने म्युज बाइ शिवाङ्गी (मेकअप पार्टनर)ले कार्यक्रमलाई समर्थन गरेका थिए।
यो प्रतिष्ठित अवार्ड समारोह २०७९ साउन १५ गते (August 31, 2025) द मल्ल होटल, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा करिश्मा र आकर्षण थप्दै रोजिन शाक्य, एरी तुलाधर र दिपमाला केडीले होस्ट गरेका थिए।

प्रतिष्ठित सम्मानहरू बाहेक, प्रतिस्पर्धात्मक उत्कृष्टतालाई पनि यस संस्करणले विशेष प्राथमिकता दिएको थियो। यसअन्तर्गत, निमा डोल्मालाई एमर्जिङ फेसन मोडल अफ द इयर, सुमी बनियालाई एमर्जिङ फेसन कोरियोग्राफर अफ द इयर, राजन शाहलाई एमर्जिङ फेसन डिजाइनर अफ द इयर (पुरुष), र शिला राईलाई एमर्जिङ फेसन डिजाइनर अफ द इयर (महिला) उपाधि प्रदान गरियो।

त्यस्तै, संसकृति भट्टलाई एमर्जिङ पेजेन्ट स्टार अफ द इयर, विकास पराजुलीलाई फेसन फोटोग्राफर अफ द इयर, कशिस सुब्बालाई फेसन मोडल अफ द इयर, सोनाम सुब्बा लिम्बुलाई फेसन डिजाइनर अफ द इयर, र बिएवा बस्नेतलाई एमर्जिङ मिसेस पेजेन्ट स्टार अफ द इयर सम्मान प्रदान गरिएको थियो।

फेशनफेयर अवार्ड्स २०२४ केवल अवार्ड वितरण मात्र होइन, यो प्रतिभा, समर्पण, उपलब्धि र करुणाको उत्सव थियो। यसले आफ्ना क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गर्दै भावी पुस्तालाई नयाँ प्रेरणा दिएको छ। विविध पेशागत क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूको उपस्थितिले यो सांस्कृतिक रचनात्मकताको साँझलाई अझै भव्य बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय