Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, एनएमबि बैंकका कर्मचारी र ग्राहकले अब बुटवल हस्पिटल प्रालिबाट प्राप्त हुने सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। एनएमबि बैंक र बुटवल हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, परिवार र ग्राहकले बेड चार्ज, ल्याब टेस्ट, अपरेशन चार्ज, यूएसजी/ईसीजी/इको/एक्सरे, फिजियोथेरापी तथा औषधि सेवामा छुट पाउनेछन्।

छुट पाउनका लागि भुक्तानी एनएमबि बैंकको खाताबाट गर्नुपर्नेछ, जसका लागि बैंकको एटीएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आईपीएस वा क्यूआर कोड प्रयोग गर्न सकिनेछ। सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम बुथ र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय