ललितपुर, नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ।




