Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

काठमाडौं, नेपाल मेडिकल कलेजमा न्यूरो सर्जन र शल्यक्रिया कक्षमा काम गर्ने नर्सहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले एक दिने प्रयोगात्मक कार्यशाला सञ्चालन गरिएको छ । न्यूरो सर्जरी र स्पाइनल बिरामीहरुको उपचार तथा शल्यक्रियामा प्रभावकारीता बढाउन कार्यशाला आयोजना गरिएको हो ।

नेपाल मेडिकल कलेजकी न्यूरो सर्जनसमेत रहनु भएकी डा. माया भट्टचनका अनुसार जिउँदो मान्छे (बिरामी) को शल्यक्रिया गर्दा अपनाउनु पर्ने सावधानी सँगै नसाहरु कसरी बचाउने र शल्यक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने सवालमा एनाटोमी (शव) माथि नै अभ्यास गरिएको हो । ‘जिउँदो मान्छे (बिरामी) को शल्यक्रिया गर्दा सर्जनहरुबाट कुनै गल्ती नहोस् भनेर समयसमयमा एनाटोमीमा अभ्यास गराईन्छ, यसले सर्जनहरुको कार्यक्षमतामा समेत बृद्धि गर्दछ ।’ कार्यशालाकी संयोजक मध्येकी एक डा. भट्टचनले बताउनु भयो ।

नेपाल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुको अनुभव बढाउनका लागि पनि कार्यशाला आयोजना गरिएको हो । कलेजको न्यूरो सर्जरी विभागका विभागीय प्रमुख प्रा.डा. कृष्ण शर्माको अगुवाईमा आयोजनामा भएको कार्यशालामा देशका विभिन्न भागका न्यूरो सर्जन र शल्यक्रिया कक्षमा कार्यरत नर्सहरुको सहभागिता थियो । कार्यशाला सञ्चालन गर्नका लागि कलेजले प्राविधिक सहयोग र शल्यक्रिया उपकरण तथा प्रोर्टेवल एक्सरे उपलब्ध गराइदिएको थियो । प्रा.डा. शर्मा न्यूरोसर्जरी विधाको स्पाइनल सर्जरी च्याप्टरको प्रथम अध्यक्ष समेत हुनुहुन्छ । डा. शर्माको अध्यक्षतामा यसअघि यस्तो कार्यशालाहरु अन्यत्र गरेपनि नेपाल मेडिकल कलेजमा पहिलो पटक भएको हो ।

नेपाल मेडिकल कलेजले न्यूरो सर्जन तथा स्पाइनल सर्जनको सीप विकास र कार्यक्षमता अभिबृद्धिकालागि आगामी दिनहरुमा पनि यस्ता कार्यशालाहरु सञ्चालन गर्ने योजना बनाएको छ । कार्यशालामा न्यूरो सर्जन र नर्स गरी ३७ जनाको सहभागिता रहेको थियो । कार्यशालाको संयोजन कलेजका न्यूरो सर्जन प्रा.डा. कृष्ण शर्मा, डा. माया भट्टचन, डा. सुमन रिजाल, डा. सुसन श्रेष्ठले गर्नुभएको थियो । काठमाडौं मेडिकल कलेजका डा. अमित थापा, अन्नपूर्ण न्यूरो अस्पतालका डा. समिर आचार्य, ट्रमा सेन्टरका डा. निलम खड्का, डा. सोमराज लामिछाने, न्यूरो बाँसबारीका डा. सुरज थुलुङ, मणिपाल मेडिकल कलेज पोखराका डा. बालगोपाल कर्माचार्य, त्रिवि शिक्षण अस्पतालबाट डा. डा. अमित प्रधानाङ्ग तथा नेपाल मेडिसिटीबाट डा. प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय