Monday 19 October 2026 / मंगलवार, ४ कार्तिक २०८३

सिन्धुपाल्चोक, सत्तारुढ नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले मेलम्चीमा अक्सिजन प्लान्ट स्थापनाका लागि रु ३३ लाख रकम विनियोजन गर्नुभएको छ । उहाँले स्थानीय साझेदारी कार्यक्रम २०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको रु ४३ लाख २० हजार बजेटमध्ये सम्झौता हुन बाँकी ३३ लाख २० हजार अक्सजिन प्लान्ट निर्माणका लागि छुट्याउनुभएको हो । कोरोना महामारी फैलिरहेको र उपचारमा अक्सिजनको अभाव भइरहेको कारण मेलम्चीमा अक्सिजन प्लान्टको स्थापना गर्न लागेको एमाले केन्द्रीय कार्यलय सचिव तामाङले बताउनुभयो ।

बाँकी बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको तामाङले जानकारी दिनुभयो । यस्तै जिल्ला समन्वय समितिको पहलमा शनिबार सिन्धुपाल्चोकले स्वास्थ्य सामाग्री पठाइने भएको छ ।
जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य सामग्री समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले उद्योगी तथा व्यवसायीसँग सहयोगका लागि अपिल गर्नुभएको थियो ।
नेपालकै प्रशिद्ध शिल्क ट्रान्सपोर्ट कम्पनीले जिल्लामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता अनुसार शनिबार सामग्री वितरण गर्न लागिएको सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय