Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, स्थानीय बजारमा आइतबार९आज० सुनको मूल्य घटेको छ भने चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो।आइतबार सुन प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला दुई हजार पाँच सय ६५ रूपैयाँ कारोबार भएको चाँदी आइतबार तोलाको दुई हजार पाँच सय ७० रूपैयाँ पुगेको छ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय