
काठमाडाैं, नवनियुक्त मन्त्रीहरूको शपथमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अनुपस्थित रहेका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार भएको शपथ समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल भने उपस्थित भएका छन् ।प्रतिनिधिसभा विघटन गरिएको दिन भदौ २७ गते सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संसद्भित्रबाटै निकास खोज्न भन्दै विज्ञप्ति जारी गरेका थिए । भदौ २७ गते प्रधानमन्त्रीको शपथमा दुवै जना अनुपस्थित थिए ।
सोमबार अध्यक्ष दाहाल सहभागी भए पनि सभामुख अनुपस्थित थिए । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको पद भने कायम रहन्छ ।संविधानको धारा ९१ उपधारा ६ को ९क० बमोजिम सभामुखको कार्यकाल प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनसम्म कायम रहने व्यवस्था छ ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ गराएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ३ जनालाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।