Sunday 26 July 2026 / आईतवार, १० श्रावण २०८३

मिसेस मंगोल नेपाल २०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भइन्। उनले २०२६ मा लण्डनमा हुने NFEA Award मा इन्ट्री प्याकेजसहित मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रेस उपाधि पनि जितिन्। फर्स्ट रनरअप संगीता राना मगर (मोस्ट कन्फिडेन्ट) र सेकेन्ड रनरअप शान्ति गुरुङ (मोस्ट प्यासोनेट) बने। ज्यापु प्रज्ञा भवनमा सम्पन्न यो ११औं संस्करणको राष्ट्रियस्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हिमालयन मुभिजले आयोजना गरेको हो। फेसन कोरियोग्राफर हिमानी सुब्बाको मार्गदर्शनमा प्रतियोगीहरूले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र सांस्कृतिक मूल्यबारे विशेष तालिम लिएका थिए।

प्रतियोगीहरूले सांस्कृतिक परिधान, फ्युजन थिममा बेस्ट ड्रेस र इभिनिङ गाउनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे। पप गायक धिरज राईको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। अन्य उपाधिमा मौसमी गुरुङ (मोस्ट डाइनामिक, बेस्ट मल्टिमिडिया), सरीता श्रेष्ठ (मोस्ट डेडीकेटेड), अनिता राई (मोस्ट डिलीजेन्ट), लक्षिता गुरुङ (मोस्ट स्मार्ट), सृजनादेवी श्रेष्ठ (मोस्ट डिसेन्ट), भावना घले (मोस्ट एक्टिभ), प्रियतम सुब्बा (मोस्ट ग्रेसफुल), धनु लिम्बु (बेस्ट ट्यालेन्ट), सजिना तामाङ (बेस्ट फोटोजेनिक), र सिता गुरुङ (मोस्ट डिलाइटफुल, मोस्ट पपुलर) रहेका थिए। कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस हिमालयन नेपाल २०१४ अनिता गुरुङ, मिसेस मंगोल नेपाल २०२२ एवं सौन्दर्यकर्मी सम्झना तामाङ, र मिसेस ग्लोबल नेपाल २०२५ तथा बैंकर इन्दिरा घिमिरेले भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय