
काठमाडौं, सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।आज सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँले बढेको हो ।
त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६ सय ५० मा खरिदबिक्री भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।