Wednesday 20 May 2026 / बिहीबार, ७ जेष्ठ २०८३

हनुमानढोकामा सुरु इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

लाखे नाचदेखि डबलीको भीडसम्म — राष्ट्रिय फोटो पत्रकार समूह इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी

काठमाडौं — अन्तर्राष्ट्रिय पर्यटन दिवस राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले काठमाडौँको हनुमानढोकामा फोटो प्रदर्शनी आयोजना गरेको छ । 

काठमाडौँ महानगरपालिकाको आयोजना र नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त संयोजनमा सुरु गरिएको प्रदर्शनी मेड इन काठमाडौं फेस्ट २०८२ को अवसरमा सुरु भए पनि जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको थियो।

बिहिबार हनुमानढोकामा एक कार्यक्रमका बीचपुर्वकुमारी मनिता शाक्य, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, पुर्व गणेश तथा भैरवले संयुक्तरुपमा उद्घाटन गरे।  

प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यहरूले खिचेका १०० ओटा १२/१८ का फोटोहरु रहेका छन्। 

प्रदर्शनीमा इन्द्रजात्रासँग सम्बन्धित विविध गतिविधिहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। लाखे नाचको जोशदेखि साँघुरा गल्लीहरूमा गुन्जिने धुनदेखि डबलीमा उमङ्गित भीडसम्म — इन्द्रजात्राका महत्वपूर्ण क्षणहरूलाई क्यामेरामा कैद गरिएका तस्बिरमार्फत प्रदर्शनीमा राखिएका छन् ।

तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय