Tuesday 30 September 2025 / मंगलवार, १४ आश्विन २०८२

२०२५ सेप्टेम्बर २४ को साँझ ललितपुरको रोयल ट्युलिप काठमाडौंको मञ्च चम्किलो र आकर्षक थियो, जब प्रतीक्षित मिस युनिभर्स नेपाल २०२५ ग्राण्ड फिनाले सुरु भयो। “Perfect As You Are” भन्ने नाराका साथ आयोजना गरिएको यस प्रतियोगिताले परम्परागत सौन्दर्यको परिभाषा मात्र नभई आत्मविश्वास, व्यक्तित्व र सशक्तिकरणलाई पनि उच्च स्थान दियो। प्रतिस्पर्धाका कडा चरण र प्रतिक्षापछि, अन्ततः मुकुट काठमाडौंकी सान्या अधिकारीको शिरमा सजियो। उनले राष्ट्रिय उपाधि मात्र होइन, यसै वर्ष हुने मिस युनिभर्स अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरिन्। साथै, उनको बुद्धिमत्ता र व्यक्तित्वलाई मान्यता दिँदै उनलाई मिस स्मार्ट (X-Age) को उपाधि पनि प्रदान गरियो।
काठमाडौंकी आरोही बस्नेत पहिलो रनर–अप घोषित भइन् र उनी मिस फ्री एण्ड फियरलेस र मिस हेल्दी स्किन को उपाधि समेत जितिन्। सोनालिसा ढुंगाना दोस्रो रनर–अप घोषित हुँदै मिस एलिगेन्स र फेस अफ ट्रु डर्मा को उपाधि जितिन्। बाँकेकी एलिना यारी तेस्रो रनर–अप भइन् र मिस पपुलर च्वाइस को सम्मान पाइन्। ललितपुरकी ज्योति थापा चौथो रनर–अप घोषित भइन् । कार्यक्रममा, लिसा बर्नवालले फेस अफ अमृत ओयलको उपाधि जितिन्, वर्षा कँडेल मिस इको फ्रेन्डली घोषित भइन् भने शिखा पराजुली फेस अफ शगुन ज्वेलर्सका रुपमा पुरस्कृत भएकी थिइन् । कार्यक्रमको भव्यतालाई प्रशान्त ताम्राकारको कोरियोग्राफी र शो निर्देशनले थप जीवन्त बनाएको थियो भने माल्भिका सुब्बा र दिक्पाल कार्कीको जोडीले कार्यक्रम संचालनको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय