
काठमाडौं, घटस्थापना यता काठमाडौं उपत्यकाबाट ८ लाखभन्दा बढी सर्वसाधारण बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केवल आइतबारसम्मै ४ लाख ६७ हजारले उपत्यका छाडेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १ लाख ११ हजारले घरतर्फ यात्रा गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारका अनुसार धेरै यात्रुहरु सडकमा भीड र ट्राफिक जामका कारण गन्तव्य पुग्न समस्यामा परेका छन्। उनले ट्राफिक प्रहरीसँग यातायात सहज बनाउन आग्रह गरिएको जानकारी दिए।
ट्राफिक प्रहरीले भने आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरी निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ।