काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ ।
तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।
ससाना पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।