
मुम्बई । वर्षौंदेखिको डेटिङको अपुष्ट चर्चाबीच दक्षिण भारतीय स्टारहरू रश्मिका मन्दाना र विजय देवरकोन्डाबीच इन्गेजमेन्ट भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा यो जोडीको इन्गेजमेन्टको हल्ला फैलिएपछि विजय निकट स्रोतले हिन्दुस्तान टाइम्सलाई उनको इन्गेजमेन्टको खबर पुष्टि गरेको छ ।
इन्गेजमेन्टबारे विस्तृत जानकारी बाहिर ल्याइएको छैन । यद्यपि, सन् २०२६ को मे महिनामा विवाह हुने निश्चितजस्तै छ ।
इन्गेजमेन्टबारे रश्मिका र विजय दुवैजनाले औपचारिक जानकारी भने दिएका छैनन् । रश्मिका र विजयले पहिलो पटक सन् २०१८ को हिट फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ को फिल्म ‘डियर कमरेड’मा सँगै काम गरेदेखि नै एकअर्कालाई डेट गरिरहेको हल्ला चलिरहेको छ ।