Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

धादिङ, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिनुभएको छ। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’ साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिनुभयो ।एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उहाँले स्पष्ट पार्नुभयो, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताउनुभयो ।उहाँले भन्नुभयो ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ ।युवाहरुले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ।’ उक्त भेटघाटमा उहाँले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय