काठमाडौँ, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ। एमिरेट्स फ्लाइट ईके ९७८८ विमान दुर्घटनामा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ।
मृतक दुबै जना विमानभित्रका नभई विमानस्थलका ग्राउन्ड स्टाफ (जमिनमा काम गर्ने कर्मचारी) रहेका छन्। दुर्घटना विमान सवारीसाधनमा ठोक्किएपछि भएको बताइएको छ।
विमानमा रहेका चालक दलका चार सदस्यलाई उपचारका लागि अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे भने विस्तृत अनुसन्धान सुरु गरिएको छ।

