Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन्।

मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत सोमबार दिउँसो नयाँ दिल्ली गएका हुन्। उक्त सभा कात्तिक १३ गतेसम्म (२७–३० अक्टोबर २०२५)सम्म चल्नेछ।

नयाँ दिल्लीमा हुने यस उच्चस्तरीय सभामा विश्वका ४० भन्दा बढी देशका ऊर्जामन्त्रीहरू र वरिष्ठ प्रतिनिधिहरू सहभागी हुँदै छन्। सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल, तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे विस्तृत छलफल हुने कार्यक्रम छ।

नेपालले पनि यस अवसरमा सौर्य ऊर्जामा लगानी बढाउने रणनीति, क्षेत्रीय सहकार्य, र हरित ऊर्जातर्फको संक्रमणबारे आफ्ना प्राथमिकता प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय