काठमाडौँ, नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २,९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको मूल्य रु २ लाख ३९ हजार ९०० कायम भएकोमा मंगलबार घटेर रु २ लाख ३७ हजार पुगेको हो।
त्यस्तै, मंगलबार १० ग्राम सुनको मूल्य रु २ लाख ३ हजार १९० कायम भएको महासंघले जनाएको छ।
यसैबीच, चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा रु २,९८० कायम भएको चाँदी मंगलबार घटेर रु २,९२० पुगेको महासंघले जानकारी दिएको छ।


