Monday 8 December 2025 / मंगलवार, २३ मंसिर २०८२

२० कात्तिक, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोखेका छन् । गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनेका छन्।

जेनजी आन्दोलनको क्रममा दमन गर्नेहरूलाई कारबाही नगरिएको भन्दै गुरुङ रुष्ट बनेका हुन्। ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भनको सुन्ने तपाईं गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गृहमन्त्री अर्याललाई उनले भनेका छन्, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।’

गुरुङले गृहमन्त्री अर्यालसँग आशा मरिसकेको उल्लेख गरेका छन्।

जेनजीको आन्दोलन २०८४ को चुनाव २०८२ सार्नका लागि नभएको उल्लेख गर्दै गुरुङले चुनाव गराएर मात्रै दायित्व पूरा नहुने बताएका छन्। गुरुङले चेतावनी शैलीमा भनेका छन्, ‘चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय