Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

घिसिङले यसअघि साउन महिनामै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। ताजा विवरण अनुसार, पूर्व ऊर्जा सचिव अनुप उपाध्यायलाई पार्टीको अध्यक्ष बनाइएको छ। पार्टीको चुनाव चिन्ह ‘चिम’ तोकिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यालय समय सकिने बेला निवेदन आएको र त्यसको अध्ययन भइरहेको छ। आयोगले दल दर्ताको प्रमाणपत्र दिनुअघि पदाधिकारी र केन्द्रीय समितिको सनाखत गर्ने तयारी गरिरहेको छ।

कुलमान समूहले ५१ सदस्यीय केन्द्रीय समिति रहने गरी विवरण पठाएको जनाएको छ। यद्यपि, कुलमान घिसिङ अहिलेसम्म पार्टीमा औपचारिक रूपमा सक्रिय भएका छैनन्। पार्टीका एक सदस्यका अनुसार उनी निकट भविष्यमा औपचारिक रूपमा सक्रिय हुने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय