Thursday 21 October 2021 / बिहीबार, ४ कार्तिक २०७८

कुपण्डोलस्थित ड्रिम वेयर फेसन द बुटिकका डिजाइनर मन्जु ढकालको पछिल्लो पटक सार्वजनिक भएको स्प्रिङ ब्राइडल कलेक्सनमा मोडलिङ क्षेत्रका चिरपरिचित अनुहारहरुको बाहुल्यता देख्न पाइएको छ । उक्त कलेक्सनका लागि लाजिम्पाट स्थित होटल शंकरमा फोटोशुट गरिएको थियो । जसलाई फोटोग्राफर सन्तोष छन्त्यालले खिंचेका हुन् भने उनलाई ओमाक्षी पाण्डेले सहयोग गरेका हुन् ।
स्प्रिङ ब्राइडल वेयर कलेक्सनको प्रवद्र्धनमा पुरुष एवं महिला मोडलहरुले मोडलिङ गरेका छन् । जसमा मिस नेपाल इन्टरेसनल २०१८, मिस ईको इन्टरनेसनल नेपाल २०१७ तथा मोडल हन्ट नेपाल २०१६का विजेता रोनाली अमात्य, मिस युनिभर्स नेपाल २०२० का फोर्थ रनर अप तथा मोडल न्यान्सी खड्का, मिस कलेज २०११ की विजेता, संचारकर्मी समेत रहिसकेकी मोडल एवं अभिनेत्री करुणा श्रेष्ठ रहेका छन् ।

अन्य महिला मोडलहरुमा भने रनवे ड्रिम्स २०१९ का विजेता सिम्रन चौधरी तथा फस्ट रनर अप दिव्या शाह रहेका छन् ।

सो कलेक्सनको पुरुषका लागि तयार गरिएका पहिरनलाई मोडल अफ द वल्र्ड २०१८ का विजेता, भिजे, मोडल, अभिनेता एवंं फेसन कोरियोग्राफर दिक्पाल कार्की, म्याहन्ट इन्टरनेसनल नेपाल २०१२ का विजेता, अभिनेता, मोडल एवं फेसन कोरियोग्राफर सनिश शाक्यले प्रस्तुत गरेका हुन् । यसैगरी अन्य पुरुष मोडलमा पनास रनवे २०१६ का वेष्ट पर्सनालिटी अवार्ड विजेता, मोडल एवं मेडिकल डा.नविन शाह तथा नवप्रवेशी मोडल आशु बन्जारा रहेका छन् ।
उक्त फोटोशुटमा मोडलहरुको मेकअप र हेयरस्टाइलिङ अटल तुम्सिङ मगर र न्यान्सी मगरले गरेका हुन् भने फोटोशुटका लागि पहिरन सुहाउँदो ज्वेलरी उर्जा ज्वेल्सले उपलब्ध गराएको हो तथा फोटोशुटलाई अझ आकर्षक बनाउनका लागि फ्लोरल इभेन्ट्सले फूलहरु सजाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय