Tuesday 1 September 2026 / मंगलवार, १६ भाद्र २०८३

इस्लामावाद, पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले राजस्व वृद्धि र पूर्वाधार सुधारका लागि आर्थिक विकासलाई गति दिन रेल सेवाको आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ ।“पाकिस्तान रेलवेको डिजिटाइजेसन र आधुनिकीकरण उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अत्याधुनिक रेल सेवाले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भएको छ ।

सरकारले देश भरका सबै रेलवे स्टेसनहरू स्तरोन्नति गर्ने योजना बनाएको जनाउदै उहाँले हाल सम्म ५४ वटा रेलवे स्टेसनहरूमा आधुनिकीकरण पछि दक्षतामा सुधार भई स्थानीय व्यवसायलाई सहयोग पुर्याइरहेको बताउनु भएको छ ।

यस बाहेक, शरीफले दक्षिणी सिन्ध प्रान्तबाट दक्षिणपश्चिम बलुचिस्तानमा पाकिस्तान रेलवे लाइनलाई थप परिष्कृत गर्न दुई अरब अमेरिकी डलर ऋणका लागि एसियाली विकास बैङ्क सँग छलफल भइरहेको तथा नेटवर्क आधुनिकीकरण गर्न प्रान्तहरू बीच सहयोग बढाउन आवश्यक रहेको बताउनु भएको छ ।

उज्बेकिस्तान–अफगानिस्तान–पाकिस्तान रेलवे लाइन परियोजनाबारे बोल्दै उहाँले मध्य एसियामा रेलवे नेटवर्क विस्तार गर्न केन्द्रले सबै प्रान्तहरूसँग मिलेर काम गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय