Sunday 12 July 2026 / सोमबार, २९ असार २०८३

हनोई(भियतनाम), भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।“खान ले” पासमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ भने “खान सोन” पासमा गएको पहिरोमा अर्को एक जनाको मृत्यु भएको जनाइएको छ ।

पुल पार गर्दा बाढीको पानीले बगाएर अन्य तीन जनाको मृत्यु भएको बताइएको छ ।“खान हो” प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब ९ हजार घरहरू डुबानमा पर्नुका साथै पाहाडी क्षेत्रमा गएको ठुलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको उद्धार तथा सुरक्षालाई खतरामा पारेको जनाइएको छ ।

बुधबार सम्म बाढी प्रभावित क्षेत्रहरूबाट छ हजार ५०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सथानान्त्रण गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय