गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो नुवाकोट आइपुग्नुभएको छ।
आज बिहान ७ बजे पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै उहाँले औपचारिक कार्यक्रम सुरु गर्नुहुनेछ। त्यस्तै दिउँसो १२ बजे लिखु गाउँपालिका–५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

कार्यक्रमहरूमा सहभागिताको क्रममा उहाँले विभिन्न स्थानमा जनभेटघाट पनि गर्ने जनाइएको छ।
हिजो नुवाकोटको शिवपुरी गाउँपालिका–६, समुन्द्रादेवीस्थित मानेमा स्थानीय नेता तथा कार्यकर्ताले प्रचण्डलाई भब्य स्वागत गरेका थिए।


