Monday 8 December 2025 / मंगलवार, २३ मंसिर २०८२

काठमाडौँ, फिल्म ‘परालको आगो’ ले आफ्नो प्रदर्शन मिति ११ बैशाख तय गरेको छ। मंगलबार निर्माण टोलीले केही ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो।

फिल्मको छायांकन पूरा भइसकेको छ र म्याग्दी जिल्लाका रमणीय स्थानहरूमा खिचिएको जनाइएको छ। निर्माता सुशील पोखरेलले अन्य फिल्मलाई पनि प्रदर्शनको अवसर मिलोस् भन्ने उद्देश्यले साधारण मितिमा फिल्म ल्याउने निर्णय गरेका हुन्। उनले सोही मितिमा अन्य फिल्म नल्याइदिन समेत आग्रह गरे।

गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र एन्जिला बानियाँको अभिनय रहेको छ।

फिल्मको पटकथा सुशील देवकोटाले तयार पारेका हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय