Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

मिस एण्ड मिसेस् युनिभर्सल २०२५ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा प्रविना कुँवरले मिस युनिभर्सल २०२५ को ताज पहिरिन् भने सोनिका लामाले मिसेस् युनिभर्सल २०२५ को उपाधिमा आफ्नो नाम दर्ता गराउन सफल भइन् । मिस तर्फ नियति राना मगर फस्ट रनर अप तथा अर्पणा मगराति सेकेन्ड रनर अप चयन भइन् । मिसेस् विधामा समिना न्यौपाने फस्ट रनर अप तथा रिहा महर्जन सेकेन्ड रनर अप छनौट भएका थिए । प्रतियोगिताका विजेताले कार्यक्रमको शीर्ष प्रायोजक रहेको नेपाल मोटर्सबाट उपलब्ध ईभी स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेका थिए ।

स्पार्कल इन्टरटेन्मेन्टका नितु श्रेष्ठ आयोजक रहेको चौथौं संस्करणको यस प्रतियोगितामा वरिष्ठ चलचित्र अभिनेता सरोज खनाल मुख्य निर्णायकका रुपमा रहेका थिए । प्रतियोगिता प्रदर्शनी मार्गस्थित द ब्लु पभेलियनको प्रेक्षालयमा सम्पन्न भएको थियो । आयोजक पक्षका अनुसार महिलाहरुको समग्र सबलीकरण र सशक्तिकरणमा योगदान दिने हेतुले सो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय