काठमाडौँ, काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनसम्बन्धी नियमित जानकारी दिने ‘नययुग विशेष ई–बुलेटिन’ सार्वजनिक गरेका छन्। दैनिक साँझ ७ बजे प्रकाशित हुने बुलेटिनमार्फत महाधिवेशनका एजेन्डा, नीति तथा गतिविधि अनलाइनमार्फत् प्रसारण गरिनेछ। पार्टीले यसलाई नेता–कार्यकर्ता र सञ्चारमाध्यमका लागि आधिकारिक अपडेटको स्रोत बनाइने जनाएको छ।


