Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं । मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा आयोजित सो समारोहमा विभिन्न ख्यातीप्राप्त कलाकारहरूको उल्लेखनीय उपस्थितिमा रंगीन बनेको थियो ।

कार्यक्रमकी सभापति गायीका तथा दोहोरी सञ्चालिका संगम लामिछाने रहनु भएको कार्यक्रममा वरिष्ठ लोकगायक कृष्ण कडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो ।
सो अवसरमा अतिथि कलाकारहरू कुलेन्द्र विश्वकर्मा, मिना लामा, भिमसेन खतिवडा, दिलिप थापा, बिमा कुमारी अनुरागी, सचिता बालाखे (लुईटेल) लगायतका कलाकारहरूको उपस्थिति उल्लेखनीय सहभागीता रहेको थियो ।

सहभागी सबै कलाकारहरूले आफ्ना–आफ्ना मनमोहक लोक दोहोरी सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई झनै भव्य बनाउनु भएको थियो । समारोहका प्रमुख अतिथि कृष्ण कडेलले केक काटी क्लबको वार्षिकोत्सव औपचारिक रूपमा उद्घाटन गर्नु भएको थियो।

कार्यक्रमको संचालन गायक कृष्ण आँशुले गरेका थिए। भने लोकगित पारखीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । बार्षिकउत्सवको अवसरमा क्लबले एक सातासम्म विभिन्न लोक कलाकारहरूको विशेष प्रस्तुति सहित उत्सव निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय