Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको बालबालिकामा केन्दि«त प्रतियोगिता नेपाल्स नेक्स्ट किड्स टप मोडलको चौथौं संस्करणमा जुनियर समूहमा सायना अधिकारी विजेता चयन भएकी छिन् । यो समूहमा जिविका रानी थापा फस्ट रनर अप तथा संज्ञा जोशी सेकेन्ड रनर अप छनौट भएकी छिन् । जुनियर उमेर समूहमा सामर्थ कंसाकार लिटिल प्रिन्स तथा प्राश्ना नेपाली लिटिल प्रिन्सेस् छानिएका छन् । यसैगरी ब्रान्ड एम्बेसडरका रुपमा प्रयास लामिछाने, अर्गनाइजर च्वाइसका रुपमा ज्ञान्वी ढुंगाना र ब्युटी विथ ब्रेनका रुपमा सलिना खड्का चयन भएका छन् ।

एभरेष्ट इभेन्टस्का लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको सो प्रतियोगितालाई आर्शु महर्जन र सुगन्धा अधिकारीले कोरियोग्राफ गरेका थिए । आरम्भ संस्कार विद्यालयको संयोजन रहेको सो प्रतियोगिताको सिनियर समूहमा यमिला श्रेष्ठले विजेताको ताज पहिरिन सफल भइन् भने तेजस महर्जन फस्ट रनर अप तथा आरभ प्रजापति सेकेन्ड रनर अप चयन भएका थिए । यो समूहमा लसिक तुलाधरलाई ब्रान्ड एम्बेसडर चयन गरिएको थियो भने सुबज्ञा श्रेष्ठ अर्गनाइजर च्वाइस अवार्डका विजेता बनिन् । ब्युटी विथ ब्रेनको उपाधि भने कुन्सा डंगोललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय